तपाईँ सुन्दै हुनुहुन्छः

जंगली बंँदेलको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । चितवनमा जंगली बंँदेलको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १२ का दिपक बिक रहेका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आइतवार बिहान ६ बजे मर्निङ्ग वाक जाने क्रममा एक्कासी जंगलबाट निस्केको बंँदेलले आक्रमण गर्दा उनको पेटमा गम्भिर चोट लागेको थियो ।

शरीरका अन्य भागमा समेत चोट लागेका उनको उपचारको क्रममा आइतवार दिउसो भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button