तपाईँ सुन्दै हुनुहुन्छः

हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक

काठमाडौं । गीतकार हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक भएको छ । 

रोशा फूँयालको स्वर, तृप्ति खड्का गुरुङको सङ्गीत र दीपकराज विश्वकर्माको सम्पादन रहेको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको हो ।

रोशा सारेगम लिटल च्याम्स कि उत्कृष्ट प्रतिस्पर्धी हुनुहुन्छ । यस गीतलाई राधिका उप्रेतीले निर्माण गर्नुभएको हो । गीतको भिडियोलाई गीतकार उप्रेतीको आफ्नै युट्युब च्यानल हरि उप्रेती अफिसियलमा सार्वजनिक गरिएको छ ।

गीतकार उप्रेती नेपाली साहित्य तथा गीत, सङ्गीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण–२’ गीति एल्बम श्रोता÷दर्शकमाझ आएका छन् ।

गीत सङ्गीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएका उप्रेतीका धेरै गीत लोकप्रिय रहेका छन्  । यस्तै उहाँको हालै गजल सङ्ग्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button