तपाईँ सुन्दै हुनुहुन्छः

सिट बाँडफाँड र क्षेत्रको टुङ्गो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक जारी

फाइल तस्बिर

काठमाडौँ । सत्ता गठबन्धन दलहरुबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँड र क्षेत्रको टुङ्गो लगाउन गठन भएको कार्यदलको बैठक जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको कार्यदलको बैठकमा सिट बाँडफाँडको विषयलाई अन्तिम रूप दिने गरी छलफल केन्द्रित रहेको कार्यदलका सचिव केशवराज जोशीले रेडियो नेपाललाई जानकारी दिनुभयो । 

सत्ता गठबन्धनमा चुनावी तालमेलका लागि सहमति जुटाउन कार्यदलसँगै शीर्ष नेताहरूको समेत उपस्थितिमा गठबन्धन दलहरूको बैठक निरन्तर रुपमा बस्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button