तानसेनको बसपार्कमा चाडवाड लक्षित यात्रु सहायता कक्ष
पाल्पा । तानसेनको बसपार्कमा चाडवाड लक्षित यात्रु सहायता कक्षको सुरुवात गरिएको छ । यात्रुलाई सहजताका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
चाडपर्व सुरु भएसँगै हुन सक्ने समस्यालाई मध्यनजर गरी सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्ले बताउनुभयो । यसअघि रामपुरमा सहायता कक्ष स्थापना भएको र अन्य स्थानमा पनि आवश्यकता अनुसार कक्ष स्थापना गरी ट्राफिकले नागरिकलाई सहयोग र सहजीकरण गर्ने पनि प्रमुख मल्लले बताउनुभयो ।
यात्रुलाई सहजताका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । चाडपर्व सुरु भएसँगै हुन सक्ने समस्यालाई मध्यनजर गरी सहायता कक्षको स्थापना गरिएको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तले ट्राफिक र प्रहरीले मात्रै सहयोग गरेर यात्रुलाई सहज नहुने हुँदा सवारी धनी चालक र यातायात कम्पनीले पनि पर्वका बेला सहजीकरण गर्नुपर्ने बताउनुभयो । प्रजिअ पन्तले पर्वका बेला हुनसक्ने दुर्घटनाका बारेमा सचेत हुन र सबैले ट्राफिक नियमको पालना गरेमा मात्रै सहज तरिकाले पर्व मनाउने सकिने विषयमा गम्भीर भएर यात्रा गर्न र सवारी चलाउन पर्नेमा जोड दिनुभयो ।
यस्तै तानसेन नगरपालिकाकी कार्यबहाक प्रमुख प्रतीक्षा सिंजालीले पर्वका बेला यात्रु ठगिने र विभिन्न सास्ती खेप्नु पर्ने अवस्थालाई मध्यनजर गरेर स्थापना गरिएको सहायता कक्षबाट सहयोग लिएर यात्रा गर्न यात्रुलाई आग्रह गर्नुभयो ।
चाडवाडको समयमा सवारीमा बढी भाडा लिने, सामग्री हराउने, गन्तव्यमा पुग्ने सवारीको ज्ञान नहुने जस्ता समस्यामा परेका यात्रुले सहायता कक्षबाट सेवा लिन पाउनेछन् । यात्रुहरूले सहायता कक्षबाट बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्