पहिरो पीडितलाई मङ्गलसेन नगरपालिकाको सहयोग
अछाम । भदौ ३१ गते परेको अविरल वर्षका कारण अछामका कमलबजार नगरपालिका, तर्माखाँद र ढकारी गाउँपालिकाका पहिरो पीडितलाई मङ्गलसेन नगरपालिकाले सहयोग गरेको छ ।
मङ्गलसेन नगरपालिकाको तर्फबाट राहत प्याकेज सहित नगर प्रमुख बोहराले मृतकका परिवारसँग भेटघाट गरी राहत प्रदान गर्नुभएको छ ।

नगर प्रमुख बोहराको नेतृत्वमा गएको नगरपालिकाको टोलीले प्रति मृतक रु १० हजारका दरले राहत हस्तान्तरण गरेको हो । २३ जना मृतकका परिवारलाई २ लाख ३० हजार राहत वितरण गरिएको नगर प्रमुख बोहराले बताउनुभयो ।

शोकमा रहेका मृतक परिवारलाई तत्कालै पर्ने समस्यामा सहजता होस भन्ने उद्देश्यले राहत वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।
कमलबजार नगरपालिकाको वडा नं ६ का ७ जना, सोही नगरपालिका वडा नं ८ का ५ जना, तुर्माखाँद गाउँपालिका वडा नं ५ का ९ जना मृतकका आफन्तलाई घटना स्थलमै पुगेर राहत वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैसीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्