तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा सवारी दुर्घटना, एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा आज बिहान पिकअप बोलेराे र मोटर साइकल एक आपसमा ठोकिदाँ मोटर साइकल चालकको निधन भएको छ ।

पश्चिमबाट पूर्व तर्फ गइरहेको बा.प्र. ०१–०२५ च ९२४४ नम्बरको वलेरो र विपरीत दिशाबाट आइरहेको लु. ५७ प ५८०३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक अन्दाजी ४५ वर्षका चन्द्रमणी ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा निधन भएको वडा प्रहरी कार्यालय प्रमुख कपिल साहीले जानकारी दिनु भयो । बोलेर र चालक प्रहरी नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button