तपाईँ सुन्दै हुनुहुन्छः

तेली समाजको केन्द्रीय अध्यक्षमा विश्वनाथ साह निर्वाचित

वीरगन्ज । तेली कल्याण समाज नेपालको केन्द्रीय अध्यक्षमा पर्साका विश्वनाथ प्रसाद साह तेली सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।

वीरगन्जमा असोज ५ र ६ गते सम्पन्न समाजको तेस्रो केन्द्रीय महाधिवेशनले साहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपले चयन गरेको हो ।

समाजको केन्द्रीय वरिष्ठ उपाध्यक्षमा उम्देश्वर साह, उपाध्यक्षमा कपिलदेव साह, जगन्नाथ प्रसाद र नेपाली साह चयन हुनुभएको छ ।

यसैगरी समाजको केन्द्रीय महिला उपाध्यक्षमा निलम साह, महासचिवमा सत्यनारायण साह, सचिवमा दिलिपचन्द्र साह र कोषाध्यक्षमा डाक्टर सोनेलाल साह चयन भएको निर्वाचन समितिका संयोजक अरविन्द साहले जानकारी दिनुभयो ।

समाजको केन्द्रीय सदस्यमा बाराका जोगिन्द्र साह, रौतहटका रमानन्द साह, नवल साह, दाङका रामलक्ष्मण साह, महिला सदस्यमा महोत्तरीकी शोभा साह, सर्लाहीकी सुनिता देवी साह र सप्तरीकी सुमिता कुमारी साह चयन भएको समाजका पर्सा अध्यक्ष ध्रुव साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button