तपाईँ सुन्दै हुनुहुन्छः

नचिनिने अवस्थामा एक पुरुषको शव फेला

बझाङ  । बझाङको जयपृथ्वी नगरपालिकास्थित पानीकाफल सामुदायिक वनमा एक पुरुषको शव भेटिएको छ । 

जिल्लाको जयपृथ्वी नगरपालिका– ७ सुवेडास्थित पानीकाफल सामुदायिक वनभित्र एक जनाको शव फेला परेको हो । 

हाल नाम, थर, वतन, नखुलेका पुरुषको शव नचिनिने सडेगलेको अवस्थामा बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो । 

घटना बारेमा आवश्यक थप अनुसन्धान भइरहेको समेत अवस्थीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button