तपाईँ सुन्दै हुनुहुन्छः

रुसले युक्रेन माथि गरेको आक्रमणको न्यायिक सजाय पाउनु पर्छ : राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युक्रेन माथि गरेको आक्रमणको न्यायिक सजाय पाउनु पर्ने बताउनु भएको छ । 

अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्र संघको महासभालाई भिडियो मार्फत सम्बोधन गर्नुहुँदै,  राष्ट्रपति जेलेन्स्कीले रुसले गरेको युद्ध अपराधको विस्तृत छानबिन गर्न विशेष छानबिन आयोग गठन गर्न माग गर्नु भयो । 

राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई थप सैन्य सहयोग र रुसलाई विश्वव्यापी रुपमा सजाय लगायतको योजना भएको शान्ति शुत्र पनि महासभामा पेश गर्नु भएको थियो । 

यसैबीच, रुसी राष्ट्रपति भ्लादमिर पुटिनले जगेडामा रहेका ३ लाख सैनिकहरूलाई काममा खटाउने निर्देशन दिनु भएको छ । 

उक्त कदमको विरोधमा रुसको विभिन्न सहरहरूमा प्रदर्शन सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button