सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक : निर्वाचनमा सिट बाँडफाँडबारे छलफल

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूसहित आज बिहान बसेको कार्यदल बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेलका विषयमा छलफल गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको सिट बाँडफाँडबारे छलफल गरेको हो ।
यसअघि हिजो पाँच दलले आ–आफ्ना दलका तर्फबाट निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएपछि प्रत्यक्षतर्फको निर्वाचनमा सिटको बाँडफाँटका लागि सत्तारुढ दलको बैठक आज बसेको थियो ।
कार्यदलको बैठक आजै साँझ बस्ने गरी अहिलेलाई स्थगित भएको छ ।







प्रतिक्रिया राख्नुहोस्