तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले २१ खेलाडीलाई विभूषित गर्ने

काठमाडौँ । सरकारले संविधान दिवसका अवसरमा खेलकुद क्षेत्रका २१ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने भएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २१ जना खेलकुद क्षेत्रका व्यक्तित्वहरू विभिन्न विभूषणबाट विभूषित गर्न लागिएको हो ।

तेक्वान्दोका पूर्व कीर्तिमानी खेलाडी दीपक विष्ट प्रबल जनसेवाश्री पदकबाट विभूषित हुने भएका छन् । पौडीका ओलम्पियन गौरिका सिंह राष्ट्रदीप पदकबाट विभूषित हुने भएका छन् ।

यस्तै जनसेवाश्री पदकबाट भलिबल प्रशिक्षक जगदीश भट्ट, लगायत १९ जना विभूषित हुने भएका छन् । सरकारले यस वर्ष ९ सय ९८ जनालाई विभिन्न मानपदवी र अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेको छ ।

विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई सरकारले संविधान दिवसका अवसरमा पदक दिँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button