तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिका र अफगानिस्तानले बन्दी आदानप्रदान गरेको छ :  तालिबान

काबुल । संयुक्त राज्य अमेरिका र तालिवानले कैदी आदानप्रदान पूरा गरेको छ ।

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सन् २०२० मा अपहरण गरिएका अमेरिकी नौसेना दिग्गज मार्क फ्रेरिचसलाई हेरोइन तस्करीको आरोपमा संयुक्त राज्य अमेरिकामा १७ वर्षसम्म कैद गरिएका लडाका र तालिबान सहयोगी बशर नूरजाइसँग साटासाट गरिएको बताउनुभएको छ । 

“आज, मार्क फ्रेरिचसलाई अमेरिकामा सुम्पियो र हाजी बशरलाई काबुल विमानस्थलमा हामीलाई सुम्पियो”, मुत्ताकीले काबुलमा पत्रकारहरूलाई भन्नुभएको छ । आदानप्रदान लामो वार्तापछि मात्र भएको मुत्ताकीले जानकारी दिनुभएको छ । 

अमेरिकी नौसेना दिग्गज अफगानिस्तानमा निर्माण परियोजनाहरूमा सिभिल इञ्जिनीयरको रूपमा काम गरिरहेका थिए । यस अवस्थामा उनको अपहरण भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार एएफपीलाई नूरजाईले तालिबानमा कुनै आधिकारिक पद नराखेको तर सन् १९९० को दशकमा कट्टरपन्थी इस्लामवादी आन्दोलनको उदय भएपछि हतियारसहित बलियो समर्थन प्रदान गरेको बताउनुभएको छ ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button