संविधान दिवसका अवसरमा योग आसन प्रतियोगिता

काठमाडौँ । संविधान दिवसको अवसरमा पतञ्जलि योग समिति सुन्दरीजलले योग आसन प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा कुमार अर्याल प्रथम हुनु भएको थियो भने शङ्कर बंजन, केदार सिंखडा, गौतम खनाल, मेधा अर्याल, ठाकुर ढकाल र गायत्री अर्यालले उत्कृष्ट आसन प्रदर्शन गर्नुभएको थियो ।
प्रथम स्थान प्राप्त गर्नुहुने अर्यालले ९ मिनेटसम्म वृक्ष आसन गर्नुभएको थियो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ स्थित ओख्रेनी माध्यमिक विद्यालयको योग भवनमा पतञ्जलि योग समिति सुन्दरीजल योग केन्द्रद्वारा विगत १४ वर्षदेखि नियमित योग शिविर सञ्चालन हुँदै आएको र शिविरमा स्थानीय एवं गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने गरेको योग शिक्षक अच्युत अर्यालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्