तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवसको अवसरमा वृह्द वृक्षारोपण 

विराटनगर । संविधान दिवसको अवसरमा आज बिहान विराटनगरमा वृह्द वृक्षारोपण कार्यक्रमको आयोजना गरियो । दिवसको अवसरमा  विराटनगर रानीदेखी वरगाछी चौकको सिक्सलेन सडकको विचमा विभिन्न प्रजातीका बिरुवा रोपेर वृक्षारोपण गरिएको छ । 

आन्तरिक मामिलातथा कानुन मन्त्रालयको आयोजनामा भएको  कार्यक्रममा सिक्सलेनको ६ किलोमिटर सडकखण्डमा साढे २२ सय बिरुवा रोपिएको मन्त्रालयका सचिव उमेश बस्नेतले बताउनुभयो ।

प्रदेश न १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । त्यसैगरि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले समेत वृक्षारोपण गर्नु भएको थियो ।  मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल तथा मन्त्रालयका सचिवहरू समेत बिरुवा रोपेर कार्यक्रममा सहभागिता जनाउनु भएको थियो । 

विराटनगरको रानी भन्सार सिमानादेखी वरगाछीसम्मको बीच सडकमा विराटनगर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी तथा स्काउटका विद्र्यार्थीहरुले विभिन्न ब्लकहरूमा वृक्षारोपण गरेका थिए ।

प्लुमेरिया, करविर, ओलेन्डर, धुपी, कपुर जस्ता विभिन्न प्रजातीका बिरुवा रोपिएका छन् । 

कार्यक्रम बोल्नु हुँदै मुख्यमन्त्री राईले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

निर्वाचनले मुलुकको भाग्य भविष्यको फैसला गर्ने भएकाले सबैलाई निर्वाचनमा सहभागी हुन समेत उहाँले आग्रह गर्नुभयो । सहिदको त्याग र बलिदानबाट आएको संविधानको रक्षा गर्दै मुलुकमा समृद्ध कायम गर्नुपर्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button