तपाईँ सुन्दै हुनुहुन्छः

नवौं राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशबाट २० जना तेक्वान्दो खेलाडी छनौट

बारा । नवौं राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशबाट २० जना तेक्वान्दो खेलाडी छनौट भएका छन् । भदौ ३० गतेदेखि असोज २ गतेसम्म बर्दिबासमा सम्पन्न छनौट खेलबाट विभिन्न तौल समूहमा तेक्वान्दोतर्फ १६ र पुम्सेको तीन विधातर्फ चार खेलाडी छानिएका हुन् । 

छनौट हुनेमा १० पुरुष र १० महिला रहेका छन् प्रदेश स्तरीय छनौट खेलका लागि ७४ पुरुष र ५७ महिला खेलाडीले सहभागिता जनाएका थिए । सहभागीमध्ये बाराका ६ र पर्साका सात खेलाडी छानिएका छन् । 

महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेस प्रदेशको आयोजना तथा नेपाल तेक्वान्दो संघ प्रदेश कमिटीको संयोजनमा सम्पन्न छनौट खेलमा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्री, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालय मधेस प्रदेशका खेलकुद प्रमुख जियाउल अन्सारी, होटल तथा पर्यटन व्यवसायी संघ प्रदेशका अध्यक्ष हिरालाल गौतम, अन्तर्राष्ट्रिय निर्णायक रवीन्द्र मल्ल लगायतको सहभागिता रहेको थियो । 

छनोट  भएका खेलाडीहरू असोज अन्तिम साता पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button