तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको पदाधिकारी बैठक दिउसो २ बजे बस्ने

File Photo

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पार्टी पदाधिकारी बैठक आज दिउसो २ बजेका लागि बोलाइएको छ । 

आज बिहान ८ बजेका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित गरी दिउसो २ बजेका लागि निर्धारण गरिएको हो । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पदाधिकारीका केही नेता अर्को एक कार्यक्रमका लागि उपत्यका बाहिर जानुपर्ने भएकाले बैठक दिउसो २ बजेका लागि सारिएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । 

आज बस्ने पदाधिकारी बैठकले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची टुङ्गो लगाउनेछ । 

अध्यक्ष दाहालले थुलुङदुधकोसी गाउँपालिकाको कार्यक्रममा सहभागी हुन सोलुखुम्बु जानुभएको हो । अध्यक्ष दाहालको  साथमा अर्थमन्त्री एवं उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत नेताहरू सोलुखुम्बु जानुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button