मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु
जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छिरेश्वरनाथ नगरपालिका १ रमदैयामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुरधामबाट महेन्द्रनगर जाँदै गरेको प्रदेश २–०२–००३ प ५८०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर चालकको मृत्यु भएको थियो ।
दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका १६ का ३० वर्षीय माधव श्रेष्ठको मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्