तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको उपाधि मोरङ भेट्रान क्लबलाई

बारा  । दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि मोरङ भेट्रान क्लबले जितेको छ । 

सिमरा रङ्गशालामा शनिवार भएको फाइनल खेलमा चितवनलाई २—० लाई पराजित गर्दै मोरङले उपाधि जितेको हो । 

मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक /एक गोल गरेका थिए ।  मोरङले खेलको १३औँ र ३३ औँ मिनेटमा गोल गरेको हो । 

उपाधि विजेता मोरङले एक लाख ५० हजार र उपविजेता चितवनले ७५ हजार प्राप्त गरेको छ । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई, उत्कृष्ट गोलरक्षक मोरङका मिनबहादुर बस्नेत, उत्कृष्ट रक्षक मोरङका रमेशकुमार बस्नेत घोषित भएका छन् ।

स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखि प्रतियोगिताको आयोजना गरेको हो । 

प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता रहेको थियो । 

यसअघि, फाइनलको खेलको उद्घाटन प्रमुख अतिथि गुप्ताले गरेका थिए । खेलको उद्घाटन गर्दै गुप्ताले भेट्रान फुटबललाई व्यावसायिक बनाउनुपर्ने बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button