‘अब युवाहरूले देश हाँक्ने समय आयो’

सर्लाही । पार्टीले समानुपातिक सूँचिमा आफ्नो नाम समावेश गरेपछि काँग्रेस नेत्री अनिता साह हर्षित हुनुहुन्छ । नेपाली काँग्रेसले सर्लाही क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाको समानुपातिक सांसदको लागि साहको नाम सिफारिस गरेको छ ।
आगामी मङ्सिरमा हुने संघ र प्रदेश सभा निर्वाचनका लागि दलहरूले आइतबार र सोमवार समानुपातिक सदस्यको बन्द सूचि बुझाउँदै छन् । पार्टीले बुझाउने बन्द सूचिमा यस अघि युवाहरूलाई खासै चासोका साथ नसमेटिने गरिएको भए पनि यस पटक साह जस्ता युवा नेर्तीहरुको नाम सिफारिस भएको छ ।
नेपाली काँग्रेसको क्षेत्रीय कमिटीले सर्लाही क्षेत्र नम्बर १ को (क) बाट साहसहित ११ जनाको नाम समानुपातिक सांसदका लागि जिल्ला कमिटीमा सिफारिस गरी पठाएको थियो । ती मध्ये मधेशी महिला कोटाबाट साहको एकल नाम सिफारिस भएको हो । सिफारिसमा पर्ने मध्ये नेत्री साह सबैभन्दा कान्छी उम्मेदवारसमेत हुन् ।
स्नातक तहसम्मको अध्ययन सम्पन्न गर्नुभएकी नेत्री साह विद्यार्थीकलादेखि नै नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्छ ।
साहले देश हाँक्न युवाहरूको पनि आवश्यकता हुने भन्दै आफूलाई पार्टीले सो अवसर दिने विश्वास रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्