तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालयका प्रअलाई कुटपिट गर्ने युवा पक्राउ

पाल्पा । जिल्लाको माथागढी–५, स्थित सिर्जना प्राविका प्रधानाध्यापक हरिप्रसाद न्यौपानेलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय चार जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माथागढी गाउँपालिका–५, का २१ वर्षीय यामबहादुर सारु, १९ वर्षीय सुन्दर घर्ती, २१ वर्षीय योगेन्द्र चौहान र २१ वर्षकै पारस रेग्मी रहेका छन् ।

प्रधानाध्यापक न्यौपानेलाई ती चार जना युवाले ज्यान मार्ने हेतुले कुटपिट गरेको र गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न युवा विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button