तपाईँ सुन्दै हुनुहुन्छः

क्षेप्यास्त्र आक्रमणमा ५ सिरियाली सैनिकको मृत्यु

दमास्कस। इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्कस स्थित अन्तरराष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ ।

बेलायत स्थित युद्ध पर्यवेक्षक, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएअनुसार सो आक्रमण दमास्कसको ग्रामीण इलाका र सय्यदा जैनाब क्षेत्रमा लक्षित थियो ।

त्यस क्षेत्रमा लेबनानमा रहेको शिया आन्दोलन र पार्टीसँग सम्बन्धित गतिविधि केन्द्रित बताइएको छ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button