राजधानीमा एमालेको बृहत् पदयात्रा (तस्बिरसहित)

काठमाडौं । नेकपा एमालेले शनिबार बिहान काठमाडौंमा बृहत् पदयात्रा (वाकथन) गरेको छ।
संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन पदयात्रा गरिएकाे नेकपा एमालेले जनाएकाे छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा भएको पदयात्रा काठमाडौंको बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट एकसाथ सुरू भएको थियो। पदयात्रा वसन्तपुरमा गएर टुंगिएको छ।
वाकथनमा एमालेका शीर्ष नेता, जनवर्गीय संगठनका पदाधिकारीलगायतकाे ठुलाेसंख्यामा नेता कायर्कर्ता, शुभचिन्तक एवं सर्वसाधरणको सहभागीता थियाे ।

पदयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले राष्ट्र र राष्ट्रियतासहित सबै क्षेत्रमा असाधारण काम गरेको बताउनुभयो ।
प्रतिनिधि सभाको कार्यकाल आज रातिदेखि सकिने भन्दै उहाँले यो ५ वर्षको अवधि उपलब्धिमूलक रहेको बताउनुभयो ।








तस्बिर : आशिष पौडेल








प्रतिक्रिया राख्नुहोस्