तपाईँ सुन्दै हुनुहुन्छः

डा केसीका मागबारे वार्ता गर्न टोली गठन

काठमाडौँ । सरकारले चिकित्सक डा गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उहाँको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्र पन्थले आज विज्ञप्ति जारी गरी सो कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि रहेको टोली गठन गरिएको जानकारी दिनुभएको हो ।

विज्ञप्तिमा अनशन तोडेर वार्तामा आउन डा केसीलाई आग्रह गरिएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button