तपाईँ सुन्दै हुनुहुन्छः

५ स्थानीय सडक कालोपत्रे र बसपार्कको शिलान्यास

इलाम । इलामको सूर्योदय नगरपालिकामा ५० करोडको लागतमा बन्न लागेको ५ वटा स्थानीय सडक कालोपत्रे र एक बसपार्कको शिलान्यास गरिएको छ ।

एकिकृत शहरी विकास कार्यक्रम अन्तर्गत सघन शहरी विकास तथा भवन निर्माण आयोजना झापाको लगानीमा निमार्ण हुन लागेका विभिन्न सडक र बसपार्कको पूर्व प्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र शहरी विकास मन्त्री मेटमणि चौधरीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

पूर्व प्रधानमन्त्री खनालले छोटो अवधिमै विभिन्न योजनाका लागि ५० करोड बजेट पार्न सफल भएको र आगामी दिनमा अरू धेरै बजेटको योजना सूर्योदय नगरपालिका लगायत पालिकामा पार्ने र त्यसको नतिजा अब देखिँदै जाने बताउनुभयो ।

कार्यक्रममा शहरी विकास मन्त्री चौधरीले सहरीकरण र विकसित समाजको लागि आवश्यक पर्ने सबै पूर्वाधार निर्माण गर्ने गरी आफ्नो मन्त्रालय लागिपरेको र शिलान्यास भएका योजनामा बजेट सुनिश्चित रहेको तथा क्रमागत रुपमा बहुवर्षीय योजनामा लगेर आगामी वर्षमा बजेट थप गर्दै जाने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button