तपाईँ सुन्दै हुनुहुन्छः

डा. केसीको आइसियुमा उपचार हुँदै

धनगढी । चिकित्सा क्षेत्र सुधार लगायत सात बुँदे माग राख्दै धनगढीमा अनसनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आइसियुमा राखेर उपचार थालिएको छ। डा.केसीले गत सोमबारदेखि धनगढी स्थित धर्मशाला पुगेर आमरण अनसन सुरु गर्नुभएको थियो ।

file photo

डा.केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि हाल उहाँलाई सेती प्रादेशिक अस्पतालको आईसियू राखेर उपचार थालिएको हो। उपचारमा संलग्न चिकित्सकका अनुसार डा.केसीको रक्तचाप, सुगरको मात्रा घट्दै जानुका साथै श्वासप्रश्वास, मुटुको धड्कनमा गडबडी हुने जस्ता स्वास्थ्य समस्या देखिएको छ ।

यसैबिच राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अस्पतालमा उपचाररत डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । आयोगका सुदूरपश्चिम प्रदेश कार्यालय निर्देशक मोहन जोशी नेतृत्वको टोलीले अस्पताल पुगेर डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button