केसीका मागप्रति गम्भीर छौंः स्वास्थ्य राज्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनसनरत डा.गोविन्द केसीको मागप्रति गम्भीर भएको बताउनुभएको छ ।

राज्यमन्त्री केसीले स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा अभियन्ता डा. केसीले उठाएका मागका विषयमा गहन छलफल भइरहेको बताउनुभयो । डा.केसी धनगढीमा अनसनरत हुनुहुन्छ ।
तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड सङ्ख्याअनुसार बढाइनुपर्ने, जनसङ्ख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने लगायतका माग केसीका छन् ।








प्रतिक्रिया राख्नुहोस्