तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाबाट तीन विधेयक बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त तीन विधेयकलाई सभाको बहुमतले स्वीकृत गरेको छ । 

बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र  सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधन छलफलका लागि सभामा प्रस्तुत गर्नुभएको थियो । 

यस्तै, अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त बीमा विधेयक, २०७९ र  सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ छलफलका लागि छुट्टाछुट्टै रुपमा सभामा प्रस्तुत गर्नुभएको थियो । 

प्रतिनिधिसभाको अर्को बैठक असोज १ गते शनिवार दिउसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button