राष्ट्रिय सभाबाट विद्युत् विधेयक २०७७ फिर्ता

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले विद्युत् विधेयक २०७७ लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पेश गर्नुभएको राष्ट्रिय सभामा विचाराधीन विद्युत् विधेयक, २०७७ लाई फिर्ता गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।
यसअघि राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बजार अनुगमन प्रचार गरेर नभई अचानक गर्दा वास्तविक अवस्थाको उजागर हुने भएकाले त्यस तर्फ विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले आजको बैठकमा डेंगूको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने, गाउँ गाउँसम्मै जनचेतना जागृत गराउनुपर्ने लगायत देशका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक असोज २ गते बिहान १० बजेर ५९ मिनेटमा बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्