तपाईँ सुन्दै हुनुहुन्छः

विसं २०७४ को बन्दसूची कायम नरहने

File Photo

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विसं २०७४ मा राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने भएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ को पत्र तथा भदौ २९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावसमेतका आधारमा उक्त बन्दसूची स्वतः कायम नरहने समयावधि किटान गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, सङ्घीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनीतिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button