जनतासँग मुख्यमन्त्री कार्यक्रम प्रसारणका लागि सम्झौता
विराटनगर । प्रदेश सरकारले गरेका गतिविधिबारे जानकारी गराउने उद्देश्यले सञ्चालन हँुदै आएको जनतासँग मुख्यमन्त्री कार्यक्रम प्रसारणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबीच सम्झौता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाका प्रमुख उद्धव सिंह ढाट क्षेत्री र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णप्रसाद सापकोटाले हस्ताक्षर गर्नुभएको छ ।
१२ औँ शृङ्खलासम्म प्रसारण हुने सो कार्यक्रमको रेडियो नेपाल र नेपाल टेलिभिजनले कार्यक्रम उत्पादन गरी प्रसारण गरिने कार्यालय प्रमुख उद्धवसिंह ढाटले बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्रीसँगको अन्तरवार्ता तथा प्रदेश सरकारले गर्दै आएका विकास निर्माणका कार्य लगायत सरोकारवाला पक्षहरूसँगको कुराकानीमा आधारित भएर कार्यक्रम उत्पादन गरिने रेडियो नेपाल धनकुटाका कार्यक्रम अधिकृत नयराज नेपालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्