तपाईँ सुन्दै हुनुहुन्छः

पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक सर्वसम्मतिले पारित 

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । 

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

यस्तै, राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका छन् ।

सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले डेङ्गु रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन आग्रह गर्नुभयो ।

बैठकमा सांसदहरुले मिटरब्याजीको समस्या समाधानका लागि भएका पहलबारे जानकारी माग गर्नुभएको थियो । सांसदहरुले सवारी दुर्घटना रोकथाम गर्न र दार्चुलाका बाढी प्रभावितलाई राहत र क्षतिपूर्ति दिन समेत माग गर्नभयो ।  

शून्य समयमा बोल्ने सांसदहरूमा उदयबहादुर बोहरा, गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मदनकुमारी साह (गरिमा), राजेन्द्रलक्ष्मी गैह्रे र सुरेशकुमार आलेमगर रहनुभएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते शुक्रबार १२ः५९ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button