लागु औषधसहित एक जना पक्राउ

बीरगंज । ठूलो परिणाममा रहेको अवैध लागु औषध नुर्फिन, डाईजोपाम र फेनारगन ३३ सय एम्पुलसहित एक जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बीरगंजबाट खटिएको विशेष टोलीले आज दिउँसो २ः०० बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ आदर्शनगर पानीट्याङकी स्थित सडक खण्डबाट पैदल हिँडिरहेको बीरगंज छपकैया निवासी ओजिर अन्सारीको साथबाट ११ सय एम्पुल डाईजोपाम, ११ सय एम्पुल नुर्फिन र ११ सय एम्पुल फेनारगन सहित ३३ एम्पुल अवैध लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले बताउनुभयो ।
लागु औषधसहित पक्राउ परेका अन्सारीलाई थप कारबाहीका लागि प्रहरी हिरासतमा राखिएको गिरीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्