जुम्लामा नुन अभाव

जुम्ला । जुम्लामा नुनको अभाव भएको छ । गत आवको थप २३ सय कोटा ढुवानी नहुँदा जुम्लामा नुनको अभाव भएको हो ।
गत आवकै ३ हजार क्वीइन्टल विक्री वितरण भएर सकिएको छ । सरकारले इन्धनको मूल्य सँगै ढुवानी दररेट नबढाउँदा नुन ढुवानीमा समस्या भएको हो । जुम्लामा एक हप्तादेखि नुन वितरण रोकिएको छ । चालु आवका लागि स्वीकृत २५ सय क्वीईन्टल नुन मध्य पहिलो चरणमा ३ सय ४० क्वीइन्टल नुन ढुवानी भई जुम्ला आउन लागेको साल्ट टेड्रिङ उपशाखा जुम्लाका प्रमुख खगेन्द्र बहादुर मल्लले बताउनुभयो ।
उहाँका अनुसार गत आवको थप कोटा नुन ढुवानी नहुँदा जुम्लामा नुनको अभाव भएको हो । चालु आवको स्वीकृत कोठा मध्यको ३४० क्वीइन्टल नुन आउन थालेको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्