आर्थिक रुपान्तरणको लागि सहकारीको आवश्यकता: नेता नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रुपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताउनुभएको छ ।
समाजवादी सहकारी नेपालको आज आयोजित घोषणा कार्यक्रममा अध्यक्ष नेपालले गाउँगाउँमा रहेको साना पुँजीलाई एकीकृत र परिचालन गरी आर्थिक रुपान्तरणका लागि सहकारीको ठूलो योगदान रहने बताउनुभयो ।
अध्यक्ष नेपालले पछिल्लो समय सहकारीको नाममा ठगी गर्ने गिरोह बढिरहेकाले त्यसलाई अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउनुपर्ने बताउनुभयो ।
सहकारीले जनतालाई सङ्गठित गर्न सफल भएजस्तै त्यसको प्रभावकारी अनुगमन गर्न पनि त्यत्तिकै आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्