राष्ट्रिय बाल दिवस: रोल्पामा विविध कार्यक्रम
रोल्पा । बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मुल नाराका साथ रोल्पामा पनि ५८ औ राष्ट्रिय बाल दिवश २०७९ विविध कार्यक्रम गरी मनाइयो ।
बाल दिवसको अवसरमा शुभकामनाका शब्दहरू लेखेर बोलेर, हजारौँ रकम खर्च गरेर पक्कै आज स्थानीय सरकारले पनि बाल दिवस मनाए । बालबालिकाको हक अधिकारसँग सम्बन्धित संङ्घसंस्थाहरुले पनि विभिन्न कार्यक्रम आयोजना गरे ।
जनप्रतिनिधि र अधिकारकर्मीले यो बिचमा यी यस्तै अवस्थामा रहेका बालबालिका नदेखेकै नभेटाएकै होलान् कि छुटेका तस्बिर होलान् प्रश्न उठेको छ ।
गरिब असहायका छोराछोरी, झुपडी, मजदुर, किसान, दलित, पिछडिएका वर्गको कुरा उठाउने राजनैतिक दलहरूको पनि खासै ध्यान बाल अधिकारतर्फ गएको देखिएन ।

‘भोक लाग्यो, खाना दिनुस् न’ भन्दै खाना माग्दै हिँडिरहेका यी बालकहरू रुन्टीगढी गाउँपालिकाको मुख्य बजार होलेरीमा भेटिएका हुन् । ती दुई बालकले आफ्ना नाम पनि बताउन सकेनन् । फाटेका झुत्रा कपडा लगाएर हिँडिरहेका उनीहरुलाई थियो मात्र भोको पेट भर्ने चिन्ता ।

स्थानीय सरकार, बालअधिकारकर्मी र सम्बन्धित निकायले यस्ता प्रतिनिधि बालबालिकाको उचित व्यवस्थापन र संरक्षणका लागि उचित प्रयास गर्नुपर्ने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्