तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा डेंगुका १९ जना बिरामी भर्ना

???????????????????

नेपालगञ्ज ।  बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डेंगुका १९ जना बिरामी उपचारार्थ भर्ना भएका छन् । ती मध्ये बाँकेमा ८ जना र जिल्ला बाहिरका ११ जना रहेको भेरी अस्पतालले जनाएको छ ।

अस्पतालमा नेपालगञ्ज उपमहानगरपालिका पाँच जना, कोहलपुर नगरपालिकाका दुई जना र बैजनाथ गाउँपालिकाका एक जना डेंगुका बिरामी उपचाररत छन् ।

बाँकेमा देखिएका डेंगुका एक बिरामी नेपालगञ्ज उपमहानगरपालिका ४ बसपार्कका हुन् भने  सात जना काठमाडौँ, चितवन र बुटवलबाट प्रभावित भएर आएका हुन् ।

भेरीमा उपचार गराइरहेका जिल्ला बाहिरका दुई जना डेंगु प्रभावित बिरामीको मृत्यु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button