तपाईँ सुन्दै हुनुहुन्छः

निकुञ्जद्वारा नरभक्षी बाघको खोजी कार्य तीव्र 

चितवन । आइतबार माडी नगरपालिका वडा नम्बर ६ स्थित सूर्यनाथ अधिकारी बाघले खाएको अवस्थामा भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघको खोजी कार्य तीव्र पारेको छ ।

आइतबारदेखि नै निकुञ्जका सेना, सुरक्षाकर्मी,  मध्यवर्ती व्यवस्थापन समितिका पदाधिकारी र हात्ती सहितको टोली खटिएको निकुञ्जले जनाएको छ । 

बाघलाई क्यामरा ट्रयापिङ्गबाट देखिएको र उक्त नरभक्षी बाघको खुट्टाको पाइला ,पहिचान भएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिनुभयो । ‘अहिले पाण्डवनगरको कांँस घारीमा बाघ छ भन्ने स्थानीयले जानकारी दिएका छन्,् उहाँले भन्नुभयो, हाम्रो हात्ती सहितको टोली त्यतातिर छौँ ।’ एकपटक बाघले मान्छे खाएपछि निरन्तर  मान्छेलाई आक्रमण र खाने जोखिम रहेकोले खोजी कार्य जारी राखिएको उहाँको भनाई छ ।

बाघलाई नियन्त्रणमा लिएर खोरमा राखिने र बाघको स्वभाव र आनीबानीमा सुधार भएपछि पुन जङ्गल छोडिने तिवारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button