तपाईँ सुन्दै हुनुहुन्छः

नेवार (नेपाल) र तामाङ भाषालाई कामकाजीको भाषा बनाइने

हेटौँडा । बागमती प्रदेशमा नेवार (नेपाल) र तामाङ भाषालाई कामकाजी भाषाका रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । बागमती प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

file photo

बैठकले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालका रूपमा विकास गरिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्ण शर्मा खनालले जानकारी दिनुभयो । प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ संशोधन गर्न बनेको अध्यादेश, २०७९ जारी गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी सर्भर डाउन भएर अघिल्लो आवको रकम भुक्तानी पाउन नसकेकोमा प्रक्रिया मिलाउने निर्णय गरिएको बताउँदै झण्डै रु एक अर्ब ५० करोड भुक्तानी बाँकी रहेको प्रवक्ता खनालले जानकारी दिनुभयो । साथै असोज ३ गते संविधान दिवस मनाउनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको प्रवक्ता खनालले जनाउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button