चुनावले मुलुकको भाग्य र भविष्य निर्माण गर्छ: अध्यक्ष ओली
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले अगामी मङ्सिर ४ गतेको चुनावले देशको भाग्य एवं भविष्यको निर्माण गर्ने भएकाले देश बनाउनेका लागि मतदान गर्न आग्रह गर्नुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेश अधिवेशनलाई आज जनकपुरधाममा सम्बोधन गर्नुहुँदै नेकपा एमालेका अध्यक्ष ओलीले मुलुकमा स्थिरता, विकास, समृद्धि तथा राष्ट्रियताको रक्षाका लागि मतदान गर्न आग्रह गर्नुभएको हो ।
एमालेका सचिव रघुवीर महासेठ र नेपाल बुद्धिजीवी परिषद्का मधेश प्रदेशका अध्यक्ष बलराम सापकोटा लगायतले बुद्धिजीवीहरूले देश बनाउने अभियानमा अग्रसरता देखाउनु पर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्