तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल ४–० गोलले अगाडि

काठमाडौँ । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४–० गोलअन्तरले अगाडि रहेको छ । 

त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४–० गोलअन्तरले अगाडि रहेको हो । नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले एक/एक  गोल गरे । 

सरुले खेलको १०औँ  मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औँ मिनेटमा गोल गरिन् । अमृताले १७औँ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button