औद्योगिक क्षेत्रको विकास र पूर्वाधार निर्माणमा जोड
रुपन्देही । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको औद्योगिक विकासको लागि औद्योगिक क्षेत्रको विकास र पूर्वाधार निर्माणमा जोड दिनुभएको छ ।
औद्योगिक विकासको लागि सरल तरिकाले जग्गाको प्राप्ति र प्राप्त भएको जग्गामा पूर्वाधार विकासमा सरकारले सघाउनुपर्ने उहाँको भनाइ थियो । औद्योगिक क्षेत्रमा उद्योगहरूलाई लिज सम्झौताको समयावधि पनि बढाउनुपर्ने अध्यक्ष गोल्छाले बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६९ औँ साधारण सभामा उहाँले कोरोना महामारी, कर्जा प्रवाहमा तरलताको अभाव, रुस युक्रेन युद्ध लगायतका कारणले उद्योगी व्यवसायी ठूलो मारमा परेको भए पनि बङ्गलादेश पाकिस्तानको जस्तो समस्या नआउने प्रष्ट पार्नुभयो ।
उहाँले बैङ्कको ब्याजदर सय प्रतिशतभन्दा बढी भएको उल्लेख गर्दै त्यसले उद्योगी व्यवसायीलाई ठूलो समस्या भएको बताउनुभयो । मुलुकको अर्थतन्त्रको सुधारका लागि सन् २०३० सम्मलाई टार्गेट गरेर महासङ्घले ल्याएको भिजन पेपरलाई सरकारले इन्डोर गरेको बताउँदै कतिपय कुराहरू सम्बोधन भइसकेको भनाई राख्नुभयो ।
उद्योगी व्यवसायीको समस्याको समाधानका लागि महासङ्घले विज्ञहरूसँग सल्लाह गर्ने र पहल पैरवी गर्ने काम गरिरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्