तपाईँ सुन्दै हुनुहुन्छः

म्याद गुज्रिएका ४० लाख बढी मूल्यका औषधी नष्ट

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले बरामद गरेको झण्डै ४० लाख मूल्य भन्दा बढीको म्याद गुज्रिएको औषधी आज नष्ट गरेको छ ।

गत भदौ २१ गते वीरगञ्जको आदर्शनगरमा रहेको युपिएस फर्मा प्रालि र जि फर्मा लिङ्क प्रालिमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले औषधी कम्पनीको गोदाममा पुगेर अनुगमन गर्दा गोदाममा म्याद नाघेको ४० लाख भन्दा बढी मूल्यको औषधी बरामद गरेपछि गोदाम सिल गरेको थियो ।

उक्त कम्पनीले डाक्टर रेडी फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको म्याद नाघेको औषधि ठूलो परिमाणमा बजारमा वितरण गरेको जनगुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, औषधी व्यवस्था विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालय, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी सहितको टोलीले उक्त कम्पनीको गोदाममा छापा मारेर म्याद गुज्रिएको औषधी सिल गरेकोमा सो औषधी आज वीरगञ्ज महानगरपालिकाको डम्पिङ्ग साइडमा लगेर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button