कोभिड-१९ र डेङ्गुबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न राष्ट्रिय सभा अध्यक्ष तिमिल्सनाको आग्रह

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड, डेङ्गु लगायतका रोगहरूबाट बच्न जनस्वास्थ्यका आधारभूत मापदण्डहरूको पालना गर्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा जनस्वास्थ्यका विषयमा प्रदेश सभाको भूमिका सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनु भएको हो ।
कोभिड१९ को नियन्त्रणसँगै हाल डेंगु लगायतका सरुवा रोग, विभिन्न सङ्क्रामक रोग र नसर्ने रोगले समेत मानव स्वास्थ्य माथि गम्भीर समस्या उत्पन्न गरिरहेको भन्दै अध्यक्ष तिमिल्सिनाले यी सबै रोगहरूको नियन्त्रणमा संवेदनशील भएर गहन अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । कोभिड-१९ को महामारीपछि जनस्वास्थ्यका विषयमा जनप्रतिनिधिहरू गम्भीर रहेको र उनीहरूको भूमिकाका बारेमा आफूहरू निरन्तर छलफल गरिरहेको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा राज्यको एउटा निकायले मात्रै जिम्मा लिएर नहुने भन्दै अध्यक्ष तिमिल्सिनाले संघ र प्रदेशसँगै स्थानीय तहलाई पनि जोड्नुपर्ने बताउनु भयो ।संघ र प्रदेशसँग जोडेर हामीले धेरै कार्यक्रम गर्यौ अब स्थानीय तहसँग पनि जोड्नुपर्ने छ, उहाँले भन्नुभयो ‘स्वास्थ्यजस्तो संवेदनशील विषय कुनै एउटा निकायले मात्रै जिम्मा लिएर हुँदैन, त्यसमा सबैको भूमिका हुन्छ ।
प्रदेश सभाको कार्यकाल सकिन लागेकोतर्फ सचेत गराउँदै अध्यक्ष तिमिल्सिनाले अब प्रदेश सभाले अहिलेसम्म गरेको कामको समीक्षा गर्नुपर्ने बेला भएको बताउनु भयो ।









प्रतिक्रिया राख्नुहोस्