मङ्सिर ४ को चुनाव मुलुकको भाग्य र भविष्य निर्माण गर्ने : अध्यक्ष ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री के पी शर्मा ओलीले अगामी मङ्सिर ४ गतेको चुनाव देशको भाग्य एवं भविष्यको निर्माण गर्ने भएकाले देश बनाउनेलाई जिताउनका लागि आग्रह गर्नुभएको छ ।
नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेश अधिवेशनको आज जनकपुरधाममा सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले मुलुकमा स्थिरता, विकास, समृद्धिको तथा राष्ट्रियताको रक्षा गर्ने पार्टीलाई मत दिनका लागि आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको कुनै ठोस उद्देश्य नभएको आरोप लगाउँदै गठबन्धन दिशाहीन रहेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री ओलीले एमालेका सरकार भएका बेलामा शान्ति सुरक्षा, सुशासन, भ्रष्टाचारको नियन्त्रण तथा देशको भूमि रक्षाका लागि धेरै कामकाज गरेको बताउनुभयो ।

एमालेका सचिव रघुवीर महासेठ र नेपाल बुद्धिजीवी परिषद्का मधेश प्रदेशका अध्यक्ष बलराम सापकोटा लगायतले बुद्धिजीवीहरू देश बनाउने अभियानमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्