तपाईँ सुन्दै हुनुहुन्छः

अधिकारको लागि सङ्गठित हुँदै बालबालिका 

अछाम । अछाममा बालबालिकाहरू सङ्गठित बन्दै गएका छन् ।

आफ्नो हक, अधिकार तथा क्षमता वृद्धिका लागि बाल सञ्जाल गठन गरेर बालबालिकाहरू अघि बढिरहेका छन् ।

केही दिनअघि जिल्ला स्तरीय बाल सञ्जाल  गठन गरेका बालबालिका अहिले पालिका स्तरीय बाल सञ्जाल गठन गरिरहेका छन् । जस अन्तर्गत जिल्लाको रामारोशन गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल गठन गरिएको छ ।

गाउँपालिकामा भएको एक भेलाले जयन्ती खनालको अध्यक्षतामा गाउँपालिका स्तरीय बाल सञ्जाल गठन गरिएको हो ।

सञ्जालको उपाध्यक्षमा नृप बिक, सचिवमा हेमन्त साउद, सहसचिवमा खेमराज भण्डारी र कोषाध्यक्षमा सिता शाह लगायत अरू सदस्य रहेका छन् ।

गाउँपालिका उपाध्यक्ष सिर्जना देवी बुढाको अध्यक्षतामा भएको भेलामा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी, इन्जिनियर शङ्कर खनाल, एम आई एस अपरेटर दल बहादुर साउद लगायत विषयगत शाखाका प्रमुखहरू अतिथि रहनुभएको थियो ।

भेलामार्फत गठन भएको बाल सञ्जाललाई उपाध्यक्ष बुढाले बधाई ज्ञापन गर्दै बालबालिकाको हकहित र अधिकारका लागि सक्रिय हुन आग्रह गर्नुभएको छ । सो कार्यक्रमको सञ्चालन महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका ज्योति बुढाले गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button