साहित्य समाजको ऐना हो : मन्त्री डा.रावल

टीकापुर कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावलले साहित्य समाजको ऐना भएको बताउनुभएको छ ।
टीकापुरमा आज भएको नर–राजु मोबारा प्राज्ञिक पुरस्कार वितरण तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावलले साहित्यले समाजमा भएका राम्रा नराम्रा कामलाई ऐना झैँ छर्लङ्ग बाहिर ल्याउने भएकाले यसले समाज विकासमा पनि टेवा पुर्याउने बताउनुभयो ।
उहाँले जसरी विज्ञानले नयाँ नयाँ कुराको आविष्कार गर्छ साहित्यले पनि त्यसैगरी लेख रचनामार्फत नयाँ नयाँ स्वाद दिने भएकाले यो पनि एउटा आविष्कार पनि भएको बताउनुभयो ।
टीकापुर प्राज्ञिक समाजले प्रदान गर्दै आएको १० हजार १०१ रुपैयाँ राशिको यस वर्षको नर–राजु मोबारा पुरस्कार बागलुङ गलकोटका आख्यानकार इन्द्रबहादुर भण्डारी (इन्द्रेणी) लाई प्रदान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्