तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रजापति विजयी

कास्की । पोखरा उद्योग वाणिज्य सङ्घको ३४ औँ अधिवेशनबाट अध्यक्षमा पवन प्रजापति विजयी हुनुभएको छ ।

सङ्घको शनिवार भएको निर्वाचनको मतगणना सकिदा पवनले १ हजार ६१३ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धा अर्जुन पोखरेलले ८९७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा देवेन्द्र केसी र उत्तममान बुद्धाचार्य विजयी हुनुभएको छ । उद्योग तर्फका उपाध्यक्षमा देवेन्द्र केसी र वाणिज्य तर्फको उत्तममान बुद्धाचार्य विजयी हुनुभयो ।

महासचिवमा बलराम आचार्य विजयी हुनुभयो । उहाँले ९ सय १० मत प्राप्त गर्दा केशब बहादुर खत्रीले ८ सय २९ र तारानाथ ढुङ्गानाले ७ सय ५९ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button