प्रथम छिन्ताङदेवी कप भलिबल प्रतियोगिताको उपाधि हतुवागढी गाउँपालिकालाई

धनकुटा । छिन्ताङदेवी युवा क्लबको आयोजनामा धनकुटाको सहिदभुमी गाउँपालिका–३ मा भएको प्रथम छिन्ताङदेवी कप भलिबल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी गाउँपालिकाले हाँसिल गरेको छ ।
उँधौली उभौलि तथा भदौरे पूर्णिमाको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आमचोक गाउँपालिकासँग फाइनलमा भिडेको हतुवागढीले वेष्ट अफ फाईभमा भएको खेलमा तीन खेल जित्दै नगद एक लाख पुरस्कार प्राप्त गरेको छ भने दोस्रो भएको आमचोक गाउँपालिकाले ५० हजार पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा आठ वडा टिमको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्