निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा भट्ट निर्वाचित
कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरञ्जन प्रसाद भट्ट निर्वाचित हुनुभएको छ ।

सङ्घको १४ औँ कार्य समितिका लागि शनिबार भएको निर्वाचनबाट भट्ट प्रतिद्वन्द्वी पुष्पराज अवस्थीलाई ४२ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद चन्द निर्वाचित हुनुभएको छ । आफ्ना प्रतिद्वन्द्वी अमर बहादुर बमलाई ५८ मत अन्तरले पछि पार्दै चन्द वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा देव बहादुर चन्द निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी शक्ति पन्तलाई ८७ मतको अन्तरले पराजित गर्दै उपाध्यक्षमा चन्द निर्वाचित हुनुभएको हो ।
निर्माण व्यवसायी संघ कञ्चनपुरको महासचिवमा योगेन्द्र ठकुराठी निर्वाचित भएका छन् । ठकुराठीले प्रतिद्वन्द्वी अमर मल्ललाई ५८ मत अन्तरले पराजित गर्नुभएको हो । सचिवमा सूर्य बहादुर चन्द निर्वाचित हुनु भएको छ । चन्दले आफ्ना प्रतिद्वन्द्वी हेम महरालाई ११ मतले हराउँदै सचिवमा निर्वाचित हुनुभएको हो । कोषाध्यक्षमा दीपक भट्ट निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी तेज बहादुर चन्दलाई १४ मतको अन्तरले पछि पार्दै भट्ट कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो ।







प्रतिक्रिया राख्नुहोस्