७ लाख ५३ हजार बढी नगदसहित हुन्डी कारोबारी पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आज दिउँसो वीरगञ्जबाट अवैध हुन्डीको कारोबार गर्ने एक जनालाई श्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमान्डमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका २ श्रीराम सिनेमा हल पछाडि गोरेटो सडक खण्डमा भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश २–३–०१२ प २०४६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा पर्सा पोखरिया नगरपालिका ९ बैरिया बिर्ता निवासी ३५ वर्षीय महम्द रिजवान आलमलाई जिन्स पाइन्टको खल्तीमा लुकाइछिपाई राखिएको, श्रोत नखुलेको नेपाली ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।
पक्राउ परेका अलमलाई बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्